युरोकपमा आज तीन खेल, कुन-कुन टिम भिड्दैछन् ?

काठमाडौँ । युरोपियन च्याम्पियनसिप (युरोकप)को जारी १६ औं संस्करणमा आज तीन खेल हुँदैछन् ।

आजको पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिक खेल्दैछन् । समूह ‘डी’को यो खेल स्कटल्याण्डमा, नेपाली समय अनुसार बेलुका ६ः४५ बजे सुरु हुनेछ ।

आजको दोस्रो खेलमा समूह ‘ई’का पोल्याण्ड र स्लोभाकिया भिड्नेछन् । खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

आजको तेस्रो खेलमा स्पेन र स्विडेन खेल्नेछन् । दुई बलिया टीमबिचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । खेल स्पेनको घरेलु मैदान सेभियामा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *