रोमान्चक खेलमा नेदरल्यान्ड्सको जित

काठमाडौँ । युरोपेली च्याम्पियनसिप अन्तर्गत रोमान्चक खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई पराजित गरेको छ । गएराति भएको खेलमा युक्रेनलाई ३-२ गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले सुखद् सुरुवात गरेको हो ।

आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक एक गोल गरे । युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल फर्काए ।

यस जितसँगै समूह ‘सी’ को नेदरल्यान्ड्सले महत्वपूर्ण ३ अंक जोडेको छ । नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा रहेको छ । ३ अंक जोडेको अष्ट्रिया शीर्ष स्थानमा रहेको छ । युक्रेनले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । युक्रेन तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *