युरोकप फुटबलमा अष्ट्रियाको ऐतिहासिक जित

काठमाडौँ । युरोकप फुटबलमा अष्ट्रियाले विजयी ऐतिहासिक जित निकालेको छ । अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३-१ गोल अन्तरले पराजित गर्दै सुखद् सुरुवात गरेको हो ।

अष्ट्रियाको जितमा स्टेफान लाइनेर, माइकल ग्रेजोरिस्टिच र मार्को अर्नाउटोभिकले १/१ गोल गरेका थिए । त्यस्तै नर्थ मासिडोनियाका लागि गोरान पानडेभले एक गोल गरेका थिए ।

यो जितसँगै समुह सि मा रहेको अस्ट्रियाले ३ अंक जोडेको छ । अब अष्ट्रियाले आफ्नो दोस्रो खेल जुन १८ मा नेदरल्याण्डविरुद्ध खेल्ने छ । युरोपियन च्याम्पियनसिपमा अष्ट्रियाको यो ऐतिहासिक पहिलो जित हो । यसअघि अष्ट्रियाले जित निकाल्न सकेको थिएन ।

त्यस्तै नर्थ मासिडोनियाले भने आफ्नो अर्को खेल जुन १७ मा युक्रेनविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *