ब्राजिलको सानदार सुरुवात

काठमाडौँ । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ । साविक विजेता ब्राजिलले समूह चरणको पहिलो खेलमा भेनेजुएलालाई ३-० ले पराजित गरेको छ ।

ब्राजिलको जितमा मार्किन्हस, नेयमार र ग्याब्रिएल बार्बोसाले १-१ गोल गरे । खेलको २३ औं मिनेटमा मार्किन्हसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६४ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए ।

डानिलोलाई भेनेजुएलाका योहानले पेनाल्टी बक्स क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टी पाएको थियो । जसमा नेयमारले सहजै गोल गरे । त्यसपछि खेलको ८९ औं मिनेटमा गार्बियलले गोल गर्दै ब्राजिललाई ३-० को जित दिलाए । उनले नेयमारको पासमा गोल गरेका हुन् ।

यो जितपछि ब्राजिलले प्रतियोगितामा सुखद् सुरुवात गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ । कुल १० टिमले भाग लिएको कोपामा ब्राजिल समुह ए मा रहेको छ । समुहमा ब्राजिलसहित कोलम्बिया, इक्वेडर, पेरु र भेनेजुएला रहेका छन् । त्यस्तै समुह बि मा अर्जेन्टिना, बोलिभिया, चिली, पराग्वे र उरुग्वे रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *