घरेलु मैदानमा भेनेजुएलासँग भिड्दै ब्राजिल

युरोपियन च्याम्पियनसिप (युरोकप) मा झुमिरहेका फुटबल समर्थकका लागि सोमबार विहानबाट अर्को चर्चित प्रतियोगिताका रुपमा कोपा अमेरिका शुरु हुँदैछ । ब्राजिलमा तय भएको प्रतियोगिता अन्तिम चरणसम्म हुने नहुने संसयमा थियो।

अर्जेन्टिना र कोलम्बियामा हुने तय भएपनि अन्तिम समयमा उनीहरुले गर्न नसक्ने भएपछि ब्राजिलमा प्रतियोगिता हुने शुरु हुन लागेको हो। पछिल्लो समय कोलम्बीयामा बढेको सरकारविरुद्धको प्रदर्शन र अर्जेन्टिनामा बढेको कोरोनाका कारण दुई राष्ट्रले आयोजनाको अवसरबाट हात झिकेपछि अन्तिम समयमा ब्राजिल प्रतियोगिता गर्न तयार भएको हो।

त्यसो त ब्राजिलका खेलाडीहरु नै प्रतियोगिता आयोजनाप्रति असहमत थिए। कासमिरो र नेयमारले प्रतियोगिता बहिस्कार गर्ने चेतावनी नै दिए । तर अन्तिम समयमा उनीहरु खेल्न तयार भएका थिए। यसविरुद्ध अदालतमा मुद्दा पनि पर्यो तर अदालतले प्रतियोगिता रोक्ने अधिकार संविधानले नदिएको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर प्रतियोगिता गर्ने फैसला गरेको थियो ।

त्यसो त प्रतियोगितामा कोरोना भाइरसको संसयपनि उतिकै छाइरहेको छ। भेनेजुएलाका १२ जना खेलाडी र अफिसियलमा कोरोना पोजेटिभ देखीएपछि आइसोलेसनमा राखिएको छ ।

ब्राजिल भर्सेस भेनेजुएला

प्रतियोगिताको उद्घाटन खेलमा समुह बीको ब्राजिलले भेनेजुएलासँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार साेमबार विहान  २:४५ बजे सुरु हुनेछ । स्टडियो नासिओनल डि ब्रासामा हुने खेलमा ब्राजिलले छिमेकी भेनेजुएलाविरुद्ध महत्वपुर्ण तीन अंकका लागि खेल्नेछ ।

भेनेजुएला र ब्राजिल पछिल्लो समय विश्वकप छनोटचरणको खेलका लागि २०२० को नोभेम्बरमा प्रतिस्पर्धा गर्दा ब्राजिलले रोबर्टो फिरमिनोको गोलमा १-० को जित निकालेको थियो। पछिल्लो समय निकै कमजोर फर्ममा रहेको भेनेजुएलाले पछिल्ला ६ मध्ये एक खेल मात्र जितेको छ । ब्राजिलले भने पछिल्ला ६ खेलमा सबैमा जित निकालेको छ। त्यसो त छनोट चरणमा अहिले भेनेजुएला नवौं नम्बरमा छ।

अन्तिममा रहेको पेरूसँग गोल अन्तरमा मात्र अघि रहेकाले ब्राजिल विरुद्धको खेल भेनेजुएलाका लागि आफ्नो विग्रिएको फुटबलको छविलाई सुधार्न सहयोगिता हुने विश्वास गर्न सकिन्छ।

ब्राजिल भने स्टार खेलाडीको साथमा बलियो रहेकाले आफ्नो दबदबालाई कायम राख्नुपर्ने दबाब हुने छ। उसका लागि कासिमिरो, जेसस, फिरमिनो, नेयमारलगायतको आक्रमण भेनेजुएलाका लागि कठिन पर्न सक्ने छ। भेनेजुएलालाई भने भिलानेउभा, रोसालेस, साभरिनो, मोरेनो लगायतले विश्वास जगाउन सक्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *