इंग्ल्यान्डको ऐतिहासिक जीत

इंग्ल्यान्डले १६ औं संस्करणको युरोपियन च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ ।

आइतबार भएको खेलमा क्रोएसियालाई १-० गोलले हराउँदै इंग्ल्यान्डले सुखद सुरुवात गरेको हो । यो इंग्ल्यान्डकाे ऐतिहासिक जीत हाे । किनभने इंग्ल्यान्डले अहिलेसम्म युराे कपकाे पहिलाे खेलमा जीत हात पारेको थिएन ।

यससँगै, इंग्ल्यान्डले घरेलु मैदानमा ठूला प्रतियाेगिताकाे उद्घाटन खेल नहारेको इतिहासलाई भने निरन्तरता दिएको छ ।

लन्डनकाे वेम्बली रंगशालामा इंग्ल्यान्डलाई जिताउन रहिम स्ट्रर्लिङले खेलको ५७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

दुबै टिमले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

 

जितसँगै समूह ‘डी’ को इंग्ल्यान्डले महत्वपूर्ण ३ अंक जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *