कोरोनाविरुद्ध अभियानमा पोखरा रोटरी क्लबहरू

कास्की । क‍ोर‍ोना नियन्त्रण र र‍ोकथाममा प‍‍ोखराका सातैवटा रोटरी क्लबहरू एकै साथ कोरोनाविरुद्ध अभियानमा लागिपरेका छन् ।

रोटरी क्लब प‍ोखराले आफ्नो २३ औँ वार्षिक उत्सव पारेर नेपालका विभिन्न सरकारी अस्पताल, स्वास्थ्य चौकिहरू, कोभिड सेन्टरलाई दिने गरी नेपालका विभिन्न रोटरी क्लबहरू मार्फत् १२० अक्सिजन कन्सेन्ट्रेटर‚ २०० थान अक्सिजन सिलिन्डर, मास्क, थर्मल गन र स्वास्थ्य सामग्रीहरू पोखरा र काठमाडौंमा एकैदिन वितरण गरेको हो ।

पोखरको कार्यक्रममा प‍ोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीक‍‍ो प्रमुख आतिथ्य तथा काठमाडौंको कार्यक्रममा पूर्वगभर्नर तिर्थमान शाक्यको प्रमुख आतिथ्यमा स्वास्थ्य सामग्री वितरण गरीएको छ ।

रोटरी डिस्ट्रिक ३५२३ र काओ झोड्गँझी फाउन्डेसन र डिस्ट्रिक ६२५० युएस, ७०८० क्यानाडा,अकिता नर्थ जापान र सिमोडाटे डी २८२० सनसाईन हवाई रोटरीको समन्वयमा सामग्री वितरण गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *