युरोकपको पहिलो खेल नजितेको इंग्ल्यान्डलाई क्रोएसियाको चुनाैती

इंग्ल्यान्डले युरोकपको आफ्नो पहिलो खेल जितेको छैन । अर्कोतिर उसले घरेलु मैदानमा पहिलो खेल हारेको पनि छैन । युरोकप २०२० को पहिलो खेलमा आइतबार इंग्ल्यान्ड घरेलु मैदानमा क्रोएशियासँग खेल्दैछ ।
यो खेल जिते उसले युरोकपको आफ्नो पहिलो खेल जित्न नसकेको इतिहासमा पूर्णबिराम लगाउनेछ भने हारेमा घरेलु मैदानमा कुनैपनि प्रतियोगिताको पहिलो खेल नहारेको इतिहासमा पूर्णबिराम लाग्नेछ ।

खेल नेपाली समय अनुसार आइतबार बेलुका ६:४५ मा शुरु हुनेछ ।

इंग्ल्यान्ड र क्रोएसिया फुटबलको मैदानमा त्यति धेरैपटक आमने सामने भएका छैनन्। महत्वपूर्ण प्रतियोगितामा तेस्रो पटक भिड्दै गर्दा इंग्ल्यान्ड क्रोएसियासँग झस्किनेछ कीनकी २०१८ को विश्वकपको फाइनल पुग्न इंग्ल्यान्डलाई क्रोएसियाले नै रोकेको थियो ।

घरेलु मैदान वेम्बलिमा खेल्दै गर्दा इंग्ल्यान्डलाई विश्वकपको त्यो सम्झना ताजै हुनेछ । त्यसो त फाइनल खेल्ने मैदान भएकाले पनि इंग्ल्यान्ड वेम्बलिमा स्वभाविक रुपमा राम्रो लयका लागि प्रयास गर्ने छ । र, उसले आफू यसपटकको युरोकपको दाबेदार टिम हुँ भन्ने देखाउनुपर्ने पनि छ । डेनमार्कका स्टार फुटबलर क्रिश्टियन एरिक्सन मैदानमानै ढलेर अस्पताल भर्ना गरिएपछि खेल अघिको प्रि-म्याच कन्फरेन्स रद्द गरिएको थियो ।

इंग्ल्यान्ड यसपटक घरेलु मैदानमा हुने फाइनलमा आफ्नो उपस्थिति पक्का गर्ने ध्याउनमा छ। त्यसका लागि शुरुवाती खेलमानै विश्वकप उपविजेता बनेको क्रोएसियालाई पराजित गररेर सकरात्मक सन्देश दिनुपर्ने दबाब हुनेछ ।

क्रोएसिया भने २०१८ को विश्वकपको प्रदर्शन दोहोर्‍याउने ध्याउनमा हुने छ। त्यतिबेला क्रोएसिया सेमिफाइनलमा इंग्ल्याण्डलाई नै २-१ ले हराएर फाइनल पुगेको थियो । इंग्ल्याण्डले पछिल्ला लगातार ६ अन्तर्राष्ट्रिय खेल जितेको छ भने क्रोएसियाले ६ खेलमा तीन हार, दुई जित र एक बराबरीको नतिजा निकालेको छ । यसले उसको लय भने बिग्रँदो रहेको संकेत गर्छ ।

तथ्य तथ्यांक

यी दुई टीमबिच मूख्य प्रतियोगितामा तेस्रोपटक प्रतिस्पर्धा हुन लागेको हो । युरो २००४ मा इंग्ल्यान्डले क्रोएसियालाई ४-२ ले पराजित गरेको थियो भने क्रोएसियाले २०१८ को विश्वकप सेमीफाइनलमा २-१ को जित निकालेको थियो ।

वेम्बलिमा इंग्ल्यान्ड मूख्य प्रतियोगितामा अपराजित छ।

विश्वकप १९६६, युरो १९९६ लगायत ११ मूख्य प्रतियोगितामध्ये सात खेलमा जित निकालेको इंग्ल्यान्डले ४ खेल बराबरी गरेको छ ।

इंग्ल्यान्डले अहिलेसम्म युरोकपको आफ्नो पहिलो खेल जितेको छैन्।

समग्रमा छैटौंपटक युरोकप खेल्दै गरेको क्रोएसियाको लगातार पाँचौ युरोकप यात्रा हो ।

पेनाल्टी बाहेक क्रोएसया युरोकपमा पछिल्ला ११ खेलमा जम्मा २ खेलमा मात्र पराजित भएको छ। २०१२मा स्पेनसँग र २०१६ पोर्चुगलसँग समान १-० ले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *