थप ३९९४ जना कोरोनामुक्त, २४०७ मा संक्रमण, ४६ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टायता थप ३ हजार ९९४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर र एन्टीजेन विधिबाट कुल १२ हजार ४०६ जनामा गरिएको परीक्षणमा  उक्त संख्यामा पोजिटिभ देखिएको हो ।

योसँगै कुल संक्रमितको संख्या ६ लाख ९ हजार १ सय ८५ पुगेको छ । देशभर गरिएको ७ हजार ५ सय १७ पीसीआर र ४ हजार ८ सय ८९ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ४ सय ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उक्त अवधिमा ४६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *