नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमाले सुदूरपश्चिम संसदीय दलको ह्वीप

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज पारित हुँदैछ । यस अवसरमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

संसदीय दलका नेता प्रकाशबहादुर शाहले आफ्ना २४ जना प्रदेशसभा सदस्यहरुलाई एसएमएस गर्दै नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रमुख सचेतक दुर्गाकुमारी कामीले जानकारी दिइन् ।

तर, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षीय प्रदेशसभा सदस्यहरुले केन्द्रीय कमिटीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेकाले संसदीय दलको निर्णय नमान्ने बताएका छन् । प्रदेशसभामा एमालेका सभामुखबाहेक २४ जना सांसद छन्, जसमा ओली पक्षका ७ जना छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *