कोरोनाको छाँयामा शुरु हुँदै कोपा अमेरिका

काठमाडाैँ । कोरोना महामारीले आक्रान्त पारेको परिवेशमा सोमबार बिहानैबाट अर्को फुटबल प्रतियोगिता शुरु हुँदैछ, कोपा अमेरिका । प्रतियोगिता शुरु गर्ने नगर्ने भन्ने बहस र विवादका बिच प्रतियोगिता शुरु हुन लागेको हो ।

तर, प्रतियोगितालाई कोरोना महामारीले प्रभावित पार्ने संकेत देखिएको छ । प्रतियोगिताको पहिलो खेलका लागि आएका भेनेजुएलाका १२ खेलाडी र प्रशिक्षण टिमका सदस्यमा कोरोनाको संक्रमण देखिएपछि ब्राजिल र भेनेजुएलाको खेल नै अन्योलमा परेको छ । सोमबार बिहान पौने ३ बजेबाट सुरू हुने आयोजक ब्राजिल र भेनेजुएलाको खेलका बारेमा कुनै जानकारी दिइएको छैन ।

त्यसअघि गरिएको परीक्षणमा टिमका खेलाडी तथा प्रशिक्षण टिमसहित १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) ले भने संक्रमण देखिएका खेलाडी र पधाधिकारीहरुलाई छुट्टै होटलमा आइसोलेट गरिएको जनाएको छ ।

यद्धपि संक्रमित कसैलाई पनि लक्षण भने देखिएको छैन । खेलाडीमा कोरोना भाइरसको संक्रमणदेखिएपछि भेनेजुएलाको टिम शुक्रबार ब्राजिल पुगेको हो । दक्षिण अमेरिकाका १० टिमको सहभागिता रहने प्रतिस्पर्धा जुलाई १० मा सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *