युरोकपमा आज तीन खेल

काठमाडाैं ।  युरोकप फुटबल अन्तर्गत आज (आइतबार) तीनवटा खेलहरु हुँदैछन् ।

आजको पहिलो खेलमा समूह ‘डी’ का इंग्ल्यान्ड र क्रोएसिया खेल्नेछन् । लण्डनको वेम्बली रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ६:४५ बजे सुरु हुनेछ । उपाधिका दाबेदार मानिएका दुबै टिमकाे खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

आजको दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनिया खेल्नेछन् । समूह ‘सी’ काे याे खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

यस्तै,  आजको अन्तिम खेलमा नेदरल्यान्ड्स र युक्रेन खेल्नेछन् । नेदरल्यान्ड्सको घरेलु मैदानमा हुने खेल मध्यराती राति १२:४५ बजेपछि सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *