रसियामाथि बेल्जियमको सहज जित

काठमाडौं । युरो कप फुटबलमा बेल्जियमले विजयी सुरुवात गरेको छ। शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३-० गोल अन्तरले पराजित गर्दै बेल्जियमले सुखद सुरुवात गरेको हो ।

बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई गोल गरेका थिए भने थोमस मेउनिएरले एक गोल गरेका थिए । लुकाकुले खेलको १०औं र ८८औं मिनेटमा गोल गरेका थिए भने मेउनिएरले खेलको ३४औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै बेल्जियमले युरो कपको पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ। यस समूहमा ३ अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा रहेको छ । डेनमार्क अंकविहीन रहदै तेस्रो स्थानमा रहेको छ । ​

लुकाकुले खेलको पहिलो गोल गरेपछि आफ्ना इन्टर मिलानका सहकर्मी क्रिस्टियन इरिक्सनलाई गोल समर्पित गर्दै ‘क्रिस आइ लभ यू’ भन्दै गोल समर्पित गरेका थिए । लुकाकुले खेलपछि आफू यो खेल खेल्ने अवस्थामा नरहेको भएपनि खेल्नु परेको बताए ।

उनले इरिक्सनको खबर सुनेर आफू निकै रोएको बताउँदै उनको स्वास्थ्यलाभको कामना गरेका छन् । लुकाकु र इरिक्सनको महत्वपूर्ण भूमिकाकै कारण इन्टर मिलानले यस सिजनको सिरी ए को उपाधि जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *