वेल्स र स्विट्जरल्यान्डको बराबरी

काठमाडाैँ । युरोकप फुटबलमा वेल्स र स्विटजरल्यान्डबिचको खेल १-१ गोलको बराबरीमा सकिएको छ । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा स्विटजरल्यान्डले दोस्रो हाफमा अग्रता बनाएको थियो । तर वेल्सले पुनरागमन गर्दा खेलमा दुबै टीमले अंक बाँडे ।

समुह ए अन्तर्गत भएको खेलमा स्वीटजरल्यान्डले अधिकासं समय खेल नियन्त्रणमा राखेको थियो । ६४ प्रतिशत खेल आफ्नो पक्षमा पारेको स्वीटजरल्यान्डले १८ सट प्रहार गरेको थियो । जबकी ४ सट टार्गेटमा प्रहार गर्‍यो। वेल्सले भने २ सट टार्गेटमा प्रहार गरेको थियो । दोस्रो हाफमा अग्रता बनाएपनि भिएआरका कारण स्वीटजरल्यान्डको गोलले मान्यता पाएन् ।

खेलमा ४९ औं मिनेटमा इम्बोलोले गोल गर्दै स्विटजरल्यान्डलाई १-० को अग्रता दिलाएका थिए । तर ७४ औं मिनेटमा मोरेले आकर्षक हेडरमार्फत गोल गर्दै वेल्सलाई बराबरीमा फर्काए । ८५ औं मिनेटमा स्विजरल्याण्डका मारियोले गोल गरेपनि भीएआरको सहायताबाट अफसाइट गोलमा परिणत हुँदा स्वीटजरल्यान्ड संभावित अग्रताबाट चुकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *