गण्डकी प्रदेश

चार मन्त्रीसहित मूख्यमन्त्री पाेखरेलद्वारा शपथ ग्रहण

पाेखरा । गण्डकी प्रदेशका नवनियुक्त मूख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले चारजना मन्त्रीसहित पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री पोखरेलसहित चार जना मन्त्रीलाई गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले  आफ्नै निवासमा शनिबार साँझ शपथ ग्रहण गराएकी हुन् ।

मन्त्रीका रुपमा कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीबाट हरिशहरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले शपथ ग्रहण गरेका छन् । चारैजना मन्त्री बिनाा विभागीय हुन्।

प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार नेपालीलाई शनिबार मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *