दाबेदार बेल्जियम र घरेलु मैदानमा रसिया

काठमाडाैं । यसपटक युरोकपकाे  उपाधि दाबेदारमध्ये एक मानिएको बेल्जियमले शनिबार मध्यराती रसियासँग खेल्दै प्रतियाेगिताकाे सुरुवात  गर्दैछ। नेपाली समय अनुसार १२:४५ मा सेन्ट पिटसवर्गमा सुरु हुने खेलमा रसिया भने घरेलु मैदानको फाइदा उठाउने ध्याउनमा  हुनेछ।

२०१६ को युरोकपको क्वाटरफाइनल पुगेको बेल्जियम यो पटक पहिलो उपाधि जित्ने लक्ष्यमा छ। यसको छनक बेल्जियमले छनाेटमा दिइसकेको पनि छ । बेल्जियमले छनोट चरणका सबै १० खेलमा जित निकालेको थियो। फिफा बरियताकाे नम्बर एकमा रहनुले पनि बेल्जियम दाबेदार हाे भन्ने अर्काे आधार हाे।

१९८० मा फाइनलमा पराजित भएको बेल्जियममा अहिले केभिन डि ब्रुएन, युरी टिलेमान्स, इडेन हाजार्ड, रोमेलु लुकाकु, थिवाउट कोर्टुवाजस्ता स्टार खेलाडीहरु छन् ।

रसिया पनि बेल्जियम विरुद्ध जितका लागिनै मैदानमा उत्रने छ। २००८ मा सेमिफाइनल पुगेको रसिया यो पटक पनि अप्रत्यासित नतिजाको खोजिमा छ।

तथ्य तथ्यांक

यी दुई टोलीबिचकाे पाँच भेटमा बेल्जियम चार खेलमा विजयी भएकाे छ ।

बेल्जियमले लगातार दुई पटक युरो छनोट पार गरेको यो, १९८० र १९८४ पछि पहिलो पटक हो।

बेल्जियम १८८० मा फाइनलमा पश्चिम जर्मनिसँग पराजित भएययता एकपटकपनि अन्तिम चारमा पुगेको छैन।

बेल्जियम युरो छनोटमा सतप्रतिशत जित हात पार्ने टीम हो। उसले इटालि समान १० खेलमा जित हासिल गरेको थियो।
बेल्जियमले अन्य युरोपेली टीम भन्दा धेरै (४०) गोल गरेको छ भने केवल ३ गोल  खाएको थियो।

रोमेलु लुकाकु बेल्जियमका युरोकप र विश्वकपमा सर्वाधिक गोलकर्ता खेलाडी हुन्।  उनले १५ खेलमा ७ गोल गरेका छन्।

युरोपियन छनोटमा रसियाका अर्टन ज्युवा इंग्ल्यान्डका ह्यारी केनपछि सर्वाधिक गोलमा इनभल्भ हुने खेलाडी हुन्। उनले १४ गोल गर्दा ५ एसिस्ट गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *