नवप्रवेशी फिनल्यान्ड डेनमार्कसँग खेल्दै

काठमाडाैं । युरोकप २०२० काे तेश्राे खेलमा डेनमार्कले शनिबार नवप्रवेशी टीम फिनल्यान्डसँग खेल्दैछ। फिनल्यान्ड युरोकपमा डेब्यु टीम हो। प्रशिक्षक कस्पेर हजुलमान्डले युवा फर्वाड कास्पर डोलबर्ग र जोनस विन्डलेलाई आक्रमणको जिम्मा दिएका छन्।
खेल नेपाली समय अनुसार शनिबार राती ९:४५ मा डेनमार्कको काेपनहेगनमा सुरु हुनेछ ।

फिनल्यान्डलाई स्ट्राइकर टिमु पुकीको एन्कल इन्जुरीले समस्या निम्त्याएको छ। तर उनी एस्टोनियासँगकाे वार्मअप खेलमा  अन्तिम ३० मिनेट खेलेकाले पुनरागमनको सम्भावना छ।

फिनल्यान्डका लागि डेनमार्कलाई हराउन सहज छैन किनभने डेनमार्क केही स्टार खेलाडीको बलमा राम्रो प्रदर्शन गर्न सक्ने टीम हो । युरोपका बलिया टोलीलाई समेत माथ दिनसक्ने भएकाले फिनल्यान्ड डेनमार्क सँग सतर्क रहने आँकलन गरिएको छ ।

त्यसो त फिनल्यान्ड पछिल्लो २२ भेटमा केवल एक खेलमा मात्र  डेनमार्कलाई हराउन सकेको छ । फिनल्याण्डले सन् २००० मा भएको मैत्रीपूर्ण खेलमा डेनमार्कलाई २-१ ले पराजित गरेको थियो।

जारी युरोकपमा फिनल्यान्ड र नर्थ म्यासेडोनिया पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका छन्। छनोटमा १० मध्ये  ६ खेलमा जित हासिल गरेको फिनल्यान्डले जितेका कुनैपनि खेलमा गोल खाएको छैन्। त्यस्तै अन्य चार खेलमा भने उसले १० गोल खाएको थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *