घरेलु हतियारसहित सप्तरीबाट भारतीय नागरिक पक्राउ

जनकपुरधाम । अवैध घरेलु हतियारसहित नेपाल प्रवेश गर्न लागेको एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यका मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र कुमार मण्डल रहेका छन् ।

हतियारसहित मण्डल नेपाल प्रवेश गर्न लागेको गोप्य सूचनाको आधारमा सप्तरीको बोदे बरसाईन नगरपालिका–९ स्वर्णपट्टीस्थित दशगज्जा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायव निरिक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा गस्तीमा खटिएको प्रहरीको टोलीले मण्डललाई पक्राउ गरेको हो । पक्राउ परेका मण्डललाई हतियारसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *