एभरेष्ट बैंकद्वारा पाँच लाख रकम सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नागरिक केयर सेन्टर विराटनगरलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअनुरुप उक्त रकम सहयोग गरेको बैंकले जनाएको छ ।

उक्त रकम बैंकका क्षेत्रीय प्रबन्धक पूर्णबहादुर श्रेष्ठले नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजूमार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

चेक हस्तान्तरण कार्यक्रममा नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष एवं कोषाध्यक्ष महेश कुमार जाजू, एभरेष्ट बैंक लि., प्रदेश नं. १का क्षेत्रीय प्रबन्धक पूर्ण बहादुर श्रेष्ठू लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *