‘साना किसान भएको देशमा कृषिमा वैदेशिक लगानी ठूला माछाले साना माछा खाएजस्तो’

काठमाडौं । राष्ट्रिय खाद्य बैंकको आयोजनामा कृषिका कुरा भाग–१ अन्तर्गत विज्ञहरू बीच भर्चुअल छलफल  भएको छ । उक्त छलफल कृषिमा राज्यको नीति नियम, विधि र प्रकृयाको विश्लेषण, वजेटमा कृषिसम्बन्धी व्यवस्था, अध्ययन-अनुसन्धानमार्फत कृषि क्षेत्रको विकास विषयमा केन्द्रित थियो ।

उक्त छलफलमा नेपाल राष्ट बैकका पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दीपेन्द्रबहादुर क्षेत्री, नेपाल सरकारका पूर्वमूख्य सचिव अभियन्ता लिलामणी पौडेल, नेपाल अनुसन्धान प्रतिष्ठानका कार्यक्रम निर्देशक डा.जयबहादुर गुरुङले विशेष वक्ताको रुपमा आफ्ना धारणा प्रस्तुत गर्दै राष्ट्रिय खाद्य बैंकमार्फत गरिएको काम सराहनीय भएको बताएका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.क्षेत्रीले भने– ‘कृषि सेवाको प्रभावमा कस्तो खालको संरचना हुनुपर्छ योजना आयोगले योजना बनाउँछ, ग्रास रुटमा जानुपर्छ भन्ने छ । प्रचार प्रसार हुनपर्छ भन्ने छ । तर, सरकारी क्षेत्रमा जतिसुकै सुधार गर्छु भनेपनि धेरै वाधाहरु आउँछ ।’

उनले भने— ‘उत्पादनको माध्यमबाट आयत रोकेर देशको अर्थतन्त्रलाई बाहिर जानबाट रोक्ने सोच सरकारको कहिल्यै भएन । कृषि वजेट कृषकको घरदैलोमा पुर्याउनुपर्छ भन्ने हो । त्यो नभइ कृषकको अनुदान उही बीचको चट्टाहरुले पाएको हुन्छ ।’

डा क्षेत्रीले कृषिमा वैदेशिक लगानीका विषय उठ्दा देशमा साना किसानहरु भएकोले साना माछाले ठूला माछालाई खान्छ भने जस्तै हो । एफडीआईमा विदेशी लगानीकर्ताले ५० प्रतिशत उत्पादन विदेश निर्यात गर्ने भन्ने रहेको बताए ।

उक्त कार्यक्रममा पूर्व मुख्य सचिव लिलामणि पौडेलले कृषिमा अनुदान प्रदेश सरकारले बाड्ने नभई स्थानीय सरकार अन्तर्गत वितरण गर्नुपर्ने बताए । कृषि अनुदानमा थुप्रै त्रुटी रहेको बताउँदै सुधार गर्नपर्ने बताए सुझाव दिएका छन् ।

लिलामणी पौडेलले आफू कृषि विज्ञ नभए पनि किसानको छोरो भएको नाताले म कृषिमा केही गर्नुपर्छ भन्ने सोचाई राख्ने व्यक्ति भएकोले भविष्यमा राष्ट्रिय खाद्य बैंकसँग आवद्ध भएर काम गर्न इच्छुक रहेको बताए ।

पौडेलले कृषकको नाममा गएको अनुदान वजेट मतदाता बढाउने प्रकारको भएकोले अनुदानको दायर बढाउनु भन्दा कृषि क्षेत्रको विकासको लागि किसानले उत्पादन गरेको वस्तुहरूलाई भण्डारण गरि अफसिजनमा राम्रो मूल्या पाउने सक्ने संरचनाहरुको निर्माण गर्न जरुरी भएको बताए ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका कार्यक्रम निर्देशक डा जयबहादुर गुरुङले नेपालमा अनुसन्धान कार्य प्रशस्तै भएको र कार्यन्यवन पक्ष फितलो कारण कृषि क्षेत्र अगाडि बढ्न नसकेको बताए ।

गुरुङले भने ‘‘अनुसन्धान गरेपछि प्रसार प्रसार गरि कार्यन्वयनतर्फ अगाडि बढ्न पर्ने हो, त्यस्तो नभई अनुसन्धानको नाममा अनुसन्धान मात्र भएकोले नेपालको समग्र विकासमा वाधा उत्पन्न भएको बताए ।’’ गुरुङले भने ‘‘जे जति अनुसन्धान हुन्छ कार्यन्वयनमा जानु पर्ने हुन्छ । हामीले गरेको अभ्यास कति वैज्ञानिक छ हामी वैज्ञानिकता भन्दा धेरै टाढा छौं ।’’ कृषि विज्ञ डा.भोलामान सिंह बस्नेतले पढेको विज्ञ भन्दा पनि पढेर र परेर आएको विज्ञले किसानले आधारभूत अध्ययन पछि व्यवहारिक रुपमा जाने मात्र सफल भएको बताए ।

बस्नेतले ‘सैद्धान्तिक विषय छाट्ने भन्दा व्यवहारिक रुपमा कृषिलाई अगाडि बढाउनुपर्ने’मा जोड दिए । वर्षे धान भन्दा चैते धानको उत्पादन बढि हुने बताउँदै चैते धानमा जोड दिएमा १५ देखि २५ प्रतिशत बढि उत्पादन लिनसक्ने बताए । राष्ट्रिय खाद्य बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले खाद्य बैठकमार्फत देशको भोकमरी घटाउन र देशको अर्थतन्त्रलाई टेवा पु¥याउने उद्देश्यले खाद्य बैंकको स्थापना भएको बताउँदै खाद्य बैठकको कार्यक्रम लक्ष्य अनुसार अगाडि बढिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *