भोजपुरी सुपरस्टार खेसरी लालविरुद्ध उजुरी

एजेन्सी । भोजपुरी सुपरस्टार खेसारी लाल यादवविरुद्ध उजुरी दर्ता भएको छ । उनलाई महिलाको विषयमा अश्लील गीत बनाएको आरोप लागेको छ ।

उनीविरुद्ध भारतीय दण्ड संहिताको धारा २९२, २९४ तथा ३५४ अन्तर्गत रहेर केस गरिएको छ । ‘सनातन सेवा फाउन्डेसन’का प्रमुख श्री सरजीत सिंहले उनीविरुद्ध आपराधिक मामलामा उजुरी दर्ता गराएका हुन् । उजुरीमा भनिएको छ, ‘खेसारी लाल यादवले पैसा कमाउने उद्देश्यले अश्लील गीत र भिडियो बनाएका छन् ।’

उनको हालै सार्वजनिक भएको गीत ‘चाँची के बच्ची सपनवा मे आती है’ उल्लेख गर्दै सुरजितले भनेका छन्, ‘यो गीतले समाजमा महिलाको सम्मानमा ठेस पुगेको छ ।’ उजुरीमा स्क्रिन सट समेत प्रमाणको रूपमा राखेर कडा कारबाहीको माग गरिएको छ ।

यस अगाडि पनि खेसारी विरुद्ध लखनउ, उत्तर प्रदेशमा केस दर्ता भएको थियो । मार्च २०२१ मा चलचित्र निर्देशक राजकुमार पाण्डेले उनलाई धम्की र अभद्र व्यवहारको आरोप लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *