इटालीको विजयी सुरुवात

काठमाडौँ । युरोकप फुटबलको उद्घाटन खेलमा इटालीले विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न इटालीले टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

इटालीको जितमा किरो इम्मोबाइल र लोरेन्जो इनसाइनले एक/एक गोल गरेका थिए भने टर्कीका मरिह डेमिरलले एक गोल आत्मघाती गोल गरेका थिए । खेलको पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिए पनि इटालीले दोस्रो हाफमा शानदार खेल खेल्दै तीन गोल गरेको थियो ।

युरोकप अन्तर्गत आज तीन खेल हुँदैछन् । नेपाली समय अनुसार पहिलो खेल वेल्स र स्वीट्जरल्याण्डबीच ६ः४५ बजे शुरु हुने छ भने दोस्रो खेल डेनमार्क र फिनल्याण्डबीच ९ः४५ बजे शुरु हुने छ । त्यस्तै तेस्रो खेल बेल्जियम र रसियाबीच राति १२ः४५ बजे शुरु हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *