रोहित चन्दले पाए रेडकार्ड पहिलो हाफमा नेपालविरुद्ध अस्ट्रेलिया २-० ले अगाडि

काठमाडौं । कुवेतको जबेर अल अहमद रंगशालामा नेपाली टिमविरुद्ध अस्ट्रेलियाको फुटबल टिमले पहिलो हाफमा २-० को अग्रता बनाएको छ । खेलको ३८ औं मिनेटमा फ्रान करासिकले गोल गर्दै अस्ट्रेलियालाई २-० को अग्रता दिलाएका हुन् ।

यसअघि खेलको छैटौं मिनेटमा म्याथ्यु लेकीले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा नेपालका रोहित चन्दले रातो कार्ड पाएर मैदानबाट बाहिरिएका छन् ।

योसँगै मैदानमा अब नेपाल जम्मा १० जना खेलाडीमा समेटिएको छ । अस्ट्रेलियाली खेलाडी मार्टिन बोयलेलाई फउल गरेपछि उनले रेड कार्ड पाएका थिए ।

नेपालमा हुनुपर्ने दोस्रो लेगको कोभिड-१९ को महामारीका कारण एसियाली फुटबल महासंघ एएफसीले कुवेतमा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *