नेपाल भर्सेस अस्ट्रेलिया

चार परिवर्तन गर्दै नेपालकाे शुरुवाती ११ घाेषणा

काठमाडाैं । अष्ट्रेलियाविरुद्ध हुने विश्वकप तथा एसियन कप छनोटको अन्तिम खेलमा नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अन्तिम ११ को घोषर्णा गरेका छन्। उनले अघिल्लो खेलमा भन्दा चार जना खेलाडी परिवर्तन गरेका छन् ।

प्रशिक्षक अलमुताइरीले मिडफिल्डमा विशाल राई र एरिक विष्टलाई ल्याउँदा डिफेन्समा गौतम श्रेष्ठ र फरवार्डमा नवयुग श्रेष्ठलाई सुरुवाती ११ मा ल्याएका छन्। यसअघिकाे खेलमा सुरूवाती लाइनअपमा रहेका अन्जन विष्ट, दीनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेन्चमा छन्।

अघिल्लो खेलमा विकास घाइते भएपछि डिफेन्समा झरेका सुमनले आज पनि सोहि पोजिसनमा रहेर सुरुवात गर्नेछन्।

दीनेश राजवंशीको स्थानमा गौतम श्रेष्ठ मैदानमा हुने छन्। मिडफिल्डमा पुजन उपरकोटीलाई एरिक विष्ट र विशाल राईले साथ दिनेछन्। अग्रभागमा नवयुग श्रेष्ठले सुमन लामा र सुनिल बलको साथ पाउनेछन्।

खेल नेपाली समय अनुसार राती पाैने १० बजेपछि शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =