ग्लोकलद्वारा ग्लोकल टिन हिरो नेपालको सातौं संस्करणका लागि आवेदन खुल्ला

काठमाडौं । ग्लोकल प्राइभेट लिमिटेडले ग्लोकल टीन हीरो नेपाल, २०२१ सातौं संस्करणका लागि आवेदन खुलेको घोषणा गरेको छ ।

शुक्रबार एक सूचना जारी गरी ग्लोकलले गत वर्षझै यस वर्ष पनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा सेप्टेम्बर १, २०२१ मा हुने अन्लाइन अवार्ड महोत्सव र सम्मेलनमार्फत घोषणा गरिने जनाइएको छ ।

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रालि को एक कार्यक्रम हो । वाई वाई ग्लोकल टिन हिरोले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान गरी उनीहरुको प्रतिभा उजागर गर्न मद्दत गर्ने ग्लोकलले जनाएको छ ।

यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप ऊर्जा प्रदान गरिने कम्पनीले जनाएको छ । नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा ग्लोकलले आफ्नो कार्य विस्तार गरेको थियो ।

अन्लाईन आवेदन ग्लोकलले दिएको लिंकमार्फत निःशुल्क भर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *