यामीको विवाहमा ३३ वर्ष पुरानो साडी

एजेन्सी । यामी गौतम र आदित्य धरको ४ जुनमा पारिवारिक जमघटबीच विवाह सम्पन्न भयो । यामीको दुलही बन्दाको लुकलाई धेरै मन पराइएको छ । अहिले उनको पहिरनलाई लिएर चर्चा चल्न थालेको छ । यामीले आफ्नो विवाहमा उनकी आमा अञ्जलीको ३३ वर्ष पुरानो ट्रेडिसनल सिल्क साडी लगाएकी थिइन् । यस लुकलाई आकर्षक बनाउन उनले आफ्नी हजुरआमाको रातो सल प्रयोग गरेकी थिइन् ।

यामी आफैले गरेकी थिइन् दुलहीको शृङ्गार
यामीले आफ्नो छोटो समयमा तय भएको विवाहमा आफ्नो शृङ्गार आफैँ गरेकी थिइन् । उनको हिमाचली नत्थी विवाहमा आकर्षणको केन्द्रबिन्दु थियो । जसलाई समेत उनकी हजुरआमाले गिफ्ट गरेकी थिइन् । उनको कपाल बहिनी सुरीली गौतमले बनाएकी थिइन् । यामीले उनको सामाजिक सञ्जाल अकाउन्टमा विवाहको दिनको फोटो सेयर गरेकी छन् ।

विवाह यस कारण विशेष
संगीत र मेहेन्दी सुरु हुनुभन्दा एक दिनअघि मात्रै यामीका बुबाले विवाहको तयारी सुरु गरेका थिए । गौतम परिवारले आफ्ना पण्डितहरूलाई विलासपुर र हमीरपुरबाट ल्याएका थिए । मण्डपलाई फूल र केराको पातले सजाइएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *