‘सलार’ टिमसँग पुनः सहकार्य गर्दै प्रभास

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभास हाल चलचित्र ‘आदिपुरुष र सलार’को छायाङ्कनमा व्यस्त छन् । उनी अभिनित चलचित्र ‘राधेश्याम’ प्रदर्शनको तयारीमा छ भने नाग आश्विनको साइन्स फिक्सन चलचित्र प्रिप्रोडक्सनमा छ ।

त्यसपछि प्रभास सलार टिमसँग दोस्रो पटक सहकार्यको तयारीमा रहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । दिल राजुको लगानी रहने उक्त चलचित्रको चाँडै घोषणा हुँदैछ ।  निर्देशक प्रशान्त निलले चलचित्र निर्देशन गर्दैछन् ।

‘सलार’मा प्रभासले श्रुति हसनसँग रोमान्स गर्दैछन् । प्रशान्त निर्देशित चलचित्र ‘केजीएफ २’ प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *