यूरोकप २०२०

यस्ता छन् उपाधि दाबेदार टिम

काठमाडौं । विश्वकप पछिको ठुलो फुटबल कुम्भमेला ‘युरोकप’को १६ औं संस्करण नेपाली समयअनुसार शुक्रबार मध्यरातबाट सुरु हुँदैछ । पहिलो खेलमा इटाली र टर्की नेपाली समयअनुसार राति १२:४५ मा खेल्न थाल्नेछन् ।

यो पटक उपाधि यात्राको सुरुवात गर्ने २४ टीम ६ समूहमा बाँडिएको छ । हरेक समूहबाट शीर्ष २ टिम राउन्ड अफ सिक्स्टिनमा जानेछन् । त्यहाँ आ-आफ्ना खेल जित्ने ८ टिम क्वाटरफाइनलमा पुग्नेछन् । त्यसपछिका ४ टिम सेमिफाइनलमा पुग्नेछन् भने सेमिफाइनल जित्ने दुई टीमबीच उपाधिका लागि भिडन्त हुनेछ ।

१ महिना लामो प्रतियोगिताको फाइनल खेल ११ जुलाईमा हुनेछ । खेलको जित हारको अनुमान गर्न गाह्रो काम हो तर खेलाडी र टिमको प्रदर्शनलगायतका आधारमा यसपटक विश्व विजेता फ्रान्स, इटाली, बेल्जियम, स्पेन र इंग्ल्यान्डलाई उपाधि दाबेदार टिमका रुपमा हेरिएको छ ।

विश्वकपको समूह चरणबाट बाहिरिए पनि जर्मनी युरोकपमा सधैँ जस्तै यो पटक पनि उपाधिमा टक्कर दिने टीमका रुपमा रहनेछ । साविक च्याम्पियन पोर्चुगल उपाधि होडमा उत्तिकै बलियो मानिएको छ । पोर्चुगलको उपाधि सम्भावनामा बलियो मानिनुको कारण युरोपियन फुटबलमा नै एकपछि अर्को रेकर्ड तोडेका क्रिस्टियानो रोनाल्डोको उपस्थिति नै मुख्य हो ।

यस्ता छन् दाबेदार टीम

इटाली (समुह ए)

फिफा बरियता

समूहको खेल

१२ जुन : टर्कीसँग

१७ जुन : स्वीट्जरल्यान्डसँग

२० जुन : वेल्ससँग

१९६८ मा युरोकप जितेको इटाली त्यसपछि अहिलेसम्म दोस्रो उपाधिको पर्खाइमा रहेको छ । इटाली सन् २००० र २०१२ मा फाइनलमा पुगे पनि उप विजेतामै चित्त बुझाउन बाध्य भयो । यो पटक इटालीले ५३ वर्षे लामो पर्खाइको अन्त्य गर्ने विश्वास गरिएको छ । २०१६ मा युरोकपमा क्वार्टरफाइनलमा जर्मनीसँग पराजित भएको थियो । निर्धारित र थप गरिएको समय १-१ गोलको बराबरीमा सकिएपछि इटाली पेनाल्टी सुटआउटमा ६-५ ले हार्दै प्रतियोगिताबाट बाहिरियो ।

यी तथ्यहरुका आधारमा इटालीले यसपटकको यूरोकप उचाल्ने दाबी गर्नेहरु धेरै छन् ।

यो पटक टीम उत्कृष्ट लयमा रहेको छ, जसको प्रमाण हो युरो छनोटमा १० खेलमा दशै खेल जित्नु । इटालीले एकै ‘क्यालेन्डर इयर’मा १० अथवा सोभन्दा बढी जित निकालेको यो नै पहिलो पटक हो । छनोटमा ३७ गोल गरेको इटालीले ४ गोलमात्र खाएको थियो । उसले आफ्नो क्वालिफाइङ क्याम्पेनमा अर्मेनियासँग निकालेको ९-१ को जित छनोटको रेकर्डेड ११औँ जितसमेत हो ।

यी तथ्यहरुका आधारमा इटालीले यसपटकको यूरोकप उचाल्ने दाबी गर्नेहरु धेरै छन् ।

 बेल्जियम (समूह बी)

फिफा वरियता

समूह चरणको खेल

१३ जुन : रुससँग

१७ जुन : डेनमार्कसँग

२२ जुन : फिनल्यान्डसँग

अहले फिफा वरियतामा नम्बर एक रहेको बेल्जियम यो वर्ष प्रवल उपाधि दाबेदार टीम हो । पहिलो उपाधिको खोजिमा रहेको बेल्जियम सानदार फर्ममा छ । युरो छनोटमा इटाली जस्तै १० खेलमा १० खेल नै जितेकाले उच्च मनोबलका साथमा बेल्जियम मैदानमा हुनेछ । छनोटका क्रममा उसले ४० गोल गरेको थियो भने मात्र ३ गोल खाएको थियो । रोमेलु लुकाकुले ७ गोल गरेका थिए ।

२०१६ मा यूरोकपको क्वाटरफाइनल पुगेको बेल्जियम वेल्ससँग ३-१ ले पराजित भएको थियो । यद्यपि यो पटक बेल्जियम थप बलियो रहेको छ । १९८० मा बेल्जियमले बेस्ट पर्फमेन्स दिएको थियो । उक्त समय टीम उपविजेतासमेत बनेको थियो । रोबर्ट मार्टिनेजको प्रशिक्षणमा २०१६ मा राम्रो प्रदर्शन गरेको बेल्जियम यो पटक पहिलो उपाधि जित्नका लागि मैदानमा हुनेछ । २०१८ को विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै बेल्जियमले धेरैको मन जितेको थियो ।

इंग्ल्यान्ड (समूह डी)

फिफा वरियता  

समूह चरणका खेल  

१३ जुन : क्रोएशियासँग

१९ जुन : स्कटल्यान्डसँग

२३ जुन : चेक रिपब्लिकसँग

योपटक टीममा युवा र अनुभवी खेलाडीले राम्रो नतिजा निकाल्नेमा प्रशिक्षक साउथगेट ढुक्क देखिन्छन् ।

२०१८ को फिफा विश्वकपको सेमिफाइनल पुगेको इंग्ल्यान्ड युरोकपको मुख्य दाबेदारमध्ये एक हो । टीमले आफ्नो समूहका सबै खेल घरेलु मैदान वेम्बलीमा खेल्ने भएकाले उसका लागि जारी युरो झनै महत्वपूर्ण हुनेछ । छनोटमा इंग्लिस टीम ८ मध्ये ७ खेलमा जित निकाल्दा एक खेलमा मात्र पराजित भएको थियो । जहाँ ३७ गोल गर्दा ६ गोल खाएको थियो ।

फुटबलको जननी भएपनि अहिलेसम्म एउटा पनि युरोकप नजितेकाले यो पटक उक्त खराब रेकर्ड अन्त गर्ने उद्देश्यका साथ इंग्ल्यान्ड मैदानमा हुनेछ । १९६८ मा तेस्रो स्थान हासिल गर्नु उसको अहिलेसम्मको ठूलो उपलब्धि हो । सन् २०१६ मा राउन्ड अफ १६ बाटै बाहिरिएको इंग्ल्यान्ड आइसल्यान्डसँग पराजित भएको थियो । यद्यपि योपटक टीममा युवा र अनुभवी खेलाडीले राम्रो नतिजा निकाल्नेमा प्रशिक्षक साउथगेट ढुक्क देखिन्छन् ।

 स्पेन (समूह ई)

फिफा वरियता

समूहको खेल       

 १५ जुन : स्वीडेनसँग

२० जुन : पोल्यान्डसँग

२३ जुन : स्लोभाकियासँग

स्पेन युरोकपको इतिहासमा एउटामात्रै यस्तो टीम हो, जसले दुईपटक लगातार प्रतियोगिता जितेको छ । उसले यो उपलब्धी २००८ र २०१२ मा सम्भव बनायो । योबाहेक १९६४ मा पनि उसले उपाधि जितेको छ । स्पेनले अहिलेसम्म तीनपटक यूरोकप जितेको छ । अहिलेसम्म स्पेन र जर्मनीले मात्र यूरोकप तीन-तीन पटक जितेको इतिहास छ ।

यद्यपि २०१६ मा भने स्पेन प्रि-क्वाटरफाइनलबाटै बाहिरियो । त्यतिबेला स्पेन इटालीसँग २-० ले पराजित भएको थियो । यद्यपि धेरैजसो खेलाडीले अहिले सन्यास लिइसकेका छन् । यो पटक पुरै नयाँ टीम छ।

केहि दिनअघि भएको पोर्चुगलसँगको मैत्रीपूर्ण खेलमा स्टार खेलाडीबिनाको स्पेनले रोनाल्डोको टीमलाई निकै मुस्किलमा पारेको थियो । विश्वकप छनोटमा स्पेन अपराजित रह्यो । उसले १० मध्ये ८ खेलमा जित निकाल्दा २ खेल बराबरी खेलेको थियो ।

पछिल्लो केही सिजन विश्वकप र यूरोकपमा निराशाजनक प्रदर्शन गरेको स्पेनले यसपटक उपाधि जितेर हारको त्यो घाउमा मह्लम लगाइदिने स्पेनका समर्थकको विश्वास छ । स्पेन समूह चरणमा तुलनात्मक रुपमा सजिलो टिममा पनि परेको छ ।

फ्रान्स (समूह एफ)

फिफा वरियता-२

समूहको खेल

१६ जुन : जर्मनीसँग

१९ जुन : हंगेरीसँग

२४ जुन : पोर्चुगलसँग

२०१८ को फिफा विश्वकप फुटबल च्याम्पियन फ्रान्सलाई यो पटक युरोकपको प्रवल दाबेदार मानिएको छ । टीममा स्टार खेलाडी हुनु उसको दाबेदारीको सबैभन्दा मूख्य आधार मानिएको छ ।  फ्रान्सले १९८४ र २००० मा गरि २ पटक युरोकपको उपाधि जितेको छ । फ्रान्स पछिल्लो पटक २०१६ को युरोकप फाइनलमा पोर्चुगलसँग १-० ले पराजित भएको थियो ।

फ्रान्सले १९९४ को विश्वकप पछि हरेक मुख्य प्रतियोगितामा छनोट भएको छ । यसक्रममा उसले ५ पटक फाइनलमा स्थान बनाउँदा ३ पटक उपाधि जितेको छ । युरोकप छनोटमा टीमले १० मध्ये ८ खेलमा जित निकाल्दा १ खेलमा पराजित भयो भने एक खेल बराबरी गरेको थियो । फ्रान्सले छनोटमा २५ गोल गर्दा ६ गोल खाएको थियो ।

फ्रान्सलाई १९९८ को विश्वकप तथा युरो २००० मा कप्तानको रुपमा उपाधि दिलाएका डिडिएर डेसच्याम्प प्रशिक्षक छन् । २०१२ मा प्रशिक्षक बनेयता उनले २०१८ मा टीमलाई विश्वकप उपाधि दिलाएका छन् । त्यसैले अब प्रशिक्षकको रुपमा पनि उनी युरो जित्न चाहन्छन् । यद्यपि समूह एफलाई ग्रूप अफ डेथका रुपमा मानिएको छ । यो समूहबाट जर्मनी र पोर्चुगललाई पनि उपाधि दाबेदारको रुपमा हेरिएको छ ।

पोर्चुगल (समूह एफ)

फिफा वरियता

समूहका खेल 

१५ जुन : हंगेरीसँग

१९ जुन : जर्मनीसँग

२४ जुन : फ्रान्ससँग

युरोकपमा डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई पराजित गर्नु सबै टीमका लागि चुनौतीपूर्ण हुनेछ । यो टीम २०१६ मा फ्रान्सलाई घरेलु हराएर च्याम्पियन बनेको थियो ।

पोर्चुगल पछिल्लो पटक २०१९ मा युक्रेनसँग पराजित भएको थियो । २०१९ मा फर्नान्डो सान्तोष प्रशिक्षक भएपछि पोर्चुगलले युरोकप छनोट तथा नेसन्स लिगमा पराजित भएको उक्त खेल पहिलो थियो । टीमले युरोकप छनोटमा ८ खेल खेल्दा ५ जित निकालेको छ भने १ हार २ खेलमा बराबरी खेलेको छ । उसले विपक्षीविरुद्ध २२ गोल गर्दा ६ गोल खाएको छ । रोनाल्डोले छनोटमा कुल ११ गोल गरेका थिए । उनी छनोटमा टप स्कोरर समेत रहे । उनै रोनाल्डोको प्रेरणामा रहेको पोर्चुगलका समर्थक पनि विश्वमा धेरै छन् । उनीहरू रोनाल्डोको नेतृत्वमा फेरि पनि पोर्चुगललाई यूरोपको च्याम्पियन बनाएर उनी क्लबमा मात्र होइन, राष्ट्रिय टिममा समेत अब्बल खेल्छन् भन्ने थप पुष्टि गराउने ध्याउन्नमा छन् ।

क्रोएसिया (समूह डी)
फिफा वरियता १४
समूह चरणको खेल

१३ जुन : इंग्ल्यान्डसँग
१८ जुन : चेक रिपब्लिकसँग
२२ जुन : स्कटल्यान्डसँग

२०१८ मा अप्रत्यासित रुपमा विश्वकप फुटबलको फाइनल पुगेर तहल्का मच्चाएको क्रोएसिया युरोकपमा अन्डरडगका रुपमा रहन सक्ने टीम हो । विश्वकपका दौरान पनि धेरैको लिस्टमा नपरेको क्रोएसियाका लागि युरोकप पुनः एकपटक आफ्नो शक्ति देखाउने अवसर बन्न सक्छ ।

लुका मोड्रिक फेरीपनि नायक बनेमा युरोमा पनि क्रोएसियाले तहल्का मच्चाउने संभावना कायम छ । त्यस्तै इन्टरमिलानका इभान पेरिसीक त्यस्तै लिभरपुलका पूर्व न्ट्रल डिफेन्डर डेझन लोभरेन लगायतले क्रोएसियालाई पुन एकपटक चम्काउने विश्वासका साथ यूरोकपको यात्रा शुरु गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *