कृष्ण थापा फेरि बर्खास्त

काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा पुनः बर्खास्तमा परेका छन् । उनलाई बिहीबार ह्वीप उल्लंघन गरेकाले कारबाही गरिएको केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । ‘पार्टीको ह्वीप उल्लंघन भएपछि कारबाही गरिएको हो,’ अध्यक्ष केसीले भनेका छन् । बिहीबार विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा प्रदेश सभामा मतदान हुँदा विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न जनमोर्चाले ह्वीप जारी गरेको थियो । तर प्रदेश सभा सदस्य थापा तटस्थ बसेर ह्वीप उल्लंघन गरेका थिका थिए । त्यसपछि उनलाई पनुः कारबाही गरिएको हो ।

अध्यक्ष केसीकाअनुसार थापालाई शुक्रबार बिहान बसेको केन्द्रीय समिति बैठकले थापालाई कारबाही गर्दै पार्टी सदस्य र सांसदसमेत नरहने गरी कारबाही गरेको हो । भने— ‘शुक्रवार बिहान बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति बैठक बसेर थापालाई कारवाही गरिएको छ । उनलाई सांसद पद र पार्टी सदस्यता नै नरहनेगरी कारबाही गरेको पत्र प्रदेशमा पठाइएको छ ।’

जनमोर्चाले थापालाई राजनीति दलसम्बन्धी ऐन २०७३ दफा ३५ को उपदफा १ अनुसार कारबाही गरेर सांसद पदबाट हटाएको पत्र शुक्रबार संसद् सचिवालयमा दर्ता गरेको छ । आजकै बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनको कारबाहीसम्बन्धी पत्र पढेर सुनाएका छन् ।
जनमोर्चाले ह्वीप उल्लंघन गरेको भन्दै गत २० जेठमा पनि थापालाई पदमुक्त गरेको थियो । तर, थापा सर्वोच्च अदालत गएपछि उनको पद थमौती भएको थियो । थापाको रिटमा सर्वोच्चले २३ जेठमा प्रारम्भिक सुनुवाइ गर्दै पुनःबहाली गर्न अन्तरिम आदेश दिएको थियो । त्यसपछि उनी पुनः कारबाहीमा परेका हुन् । अध्यक्ष थापाले यसअघि नै थापालाई कारबाही गर्ने बताइसकेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *