रिचार्जरले ल्यायो बिरामीका लागि आकस्मिक पोर्टेबल अक्सिजन ब्याग

काठमाडौं । ई कमर्श प्लेटफर्म रिचार्जरले कोरोनाका साथै अन्य आकस्मिक बिरामीहरुका लागि लक्षित गर्दै पोर्टेबल अक्सिजन ब्याग बजारमा ल्याएको छ ।

कोभिडसम्बन्धि सबै किसिमका सामानहरु बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउँदै आएको रिचार्जरले अक्सिजन व्यागको बिक्री वितरण सुरु गर्न लागेको जनाएको छ ।

जेठ २८ गते शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म रिचारजर एपमा उक्त व्याग खरिदका लागि बुकिङ तथा अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ ।

उक्त अवधिमा बुकिङ गर्नेहरुलाई पोर्टेबल अक्सिजन २ हजार रुपैयाँको दरमा उपलब्ध हुनेछ । उक्त अवधिमा रिचार्जरका प्रयोगकर्ताले ५०० देखि ५ हजारसम्म क्यास प्वाइन्ट रिडिम गर्न सक्नेछन् ।

१ लिटर क्षमताको उक्त पोर्टेबल व्यागले ४५ मिनेटदेखि १ घण्टासम्मका लागि बिरामीलाई अक्सिजन उपलब्ध गराउने जनाएको छ ।

उक्त अवधिमा बिरामीलाई अस्पताल पुर्याउन पोर्टेबल अक्सिजनले सधाउ पुर्‍याउनेछ । एक पटक अक्सिजन सकिए पछि अक्सिजन सिलिन्डर वा अक्सिजन रिफिल गर्ने ठाउँबाट व्यागमा फेरी भरेर प्रयोग गर्न सकिन्छ ।

रिचार्जरले १० लिटर क्षमताको अक्सिजन सिलिण्डर ९ हजार ९९९ रुपैंयामा उपलब्ध गराउनेछ भने सर्जिकल मेल्टबोन मास्क ३ रुपैंयाका साथै अन्य वस्तुहरु सस्तो मूल्यमा उपलब्ध गराउने जनाएको छ ।

यसका साथै रिचार्जरले ५ लिटर क्षमताको वाई यु ३०० अक्सिजन कन्सन्ट्रेटर ३३ हजार ९९९, ओगल्सको ५ लिटर क्षमताको ६५ हजार र १० लिटर क्षमताको १ लाख ३५ हजार रुपैंयामा उपलब्ध हुनेछ ।

गुगल प्ले तथा एप्पलको एपस्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्दा १ हजार क्यास प्वाइन्ट पाइनेछ । सामान खरिद गर्दा यस्तो क्यास प्वाइट रिडिम गरी ५ देखि १० प्रतिशतसम्म छुट पाउन सकिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *