दीप श्रेष्ठलाई स्वास्थ्यकर्मीले उनकै गीत गएर अस्पतालबाट बिदा गरे

काठमाडौं । वरिष्ठ गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसको सङ्क्रमणपछि शरीरमा अक्सिजनको कमी भएसँगै उनलाई अस्पताल भर्ना गरिएको थियो । दुई साताअघि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएकोमा आज दिउसो उनी घर फर्किएका हुन् ।

बिहीबार दिउँसो अस्पतालबाट डिस्चार्ज हुने क्रममा अस्पतालका डाक्टर तथा नर्सहरूले गायक श्रेष्ठलाई बिदाइ गर्न उनकै गीत गाएका थिए । रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का प्रस्तोता तथा निर्माता सुशील नेपालले उक्त भिडिओ फेसबुकमा अपलोड गरेका छन् ।

धेरै शुभचिन्तक तथा कलाकर्मीले उनको स्वास्थ्यलाभको कामना गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *