अस्ट्रेलियालाई रोक्ने ठूलो चुनौती

काठमाडाैं । विश्वकप र एसियाली कप छनोटको अन्तिम खेलमा नेपाल शुक्रबार अस्ट्रेलियासँग खेल्दैछ । कुवेतमा विश्वकप छनोट खेलिरहेको नेपालले पहिलो खेलमा चाइनिज ताइपे र त्यसपछि जोर्डनसँग प्रतिष्पर्धा गरिसकेको छ । अब समूहकै बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग मैदान उत्रँदैछ ।

अस्ट्रेलियाको घरेलु मैदानमा खराब नतिजा भोगेको नेपालका लागि कम्तिमा कम गोल खानु चुनौती हो । कोरोना भाइरसका कारण नेपालमा हुने खेल कुवेतमा सरेपछि नेपाली टीमले सबै होम खेल बाहिरी भूमिमा खेल्नुपर्‍यो । त्यसको स्वभाविक फाइदा विदेशी टीमले उठाइरहेका छन् । त्यसैले नेपाल अस्ट्रेलियासँग संयमित रुपमा रोक्ने प्रयासमा हुनेछ ।

उनले धेरै खेलहरु खेल्नुपर्ने भन्दै जुलाईमा युरोपेली र अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको बताए । साथै उनले सेप्टेम्बरको साफ च्याम्पियनसिप टीमको मुख्य लक्ष्य रहेको समेत उनले बताए ।

खेलअघिको प्रि-म्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको लक्ष्य राम्रो खेल्ने हुने बताए । उनले नेपालसामु अर्को राम्रो प्रदर्शनको चुनौती रहेको समेत बताए । अलमुताइरीले भने‚ ‘हामीले अर्को खेल राम्रोसँग खेल्नुपर्छ । राम्रो खेल खेल्ने लक्ष्य राख्दा यसले नतिजामा पनि असर पार्न सक्छ ।’ उनले लामो पासमा धेरै खेल्ने गरेको नेपालको रणनितीमा केहि परिवर्तन गरिएको तर यसको नतिजा आइरहेको र अझै केही समयमा नेपाली टीमले फरक अवस्था आत्मसात् गर्ने बताए ।

उनले धेरै खेलहरु खेल्नुपर्ने भन्दै जुलाईमा युरोपेली र अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको बताए । साथै उनले सेप्टेम्बरको साफ च्याम्पियनसिप टीमको मुख्य लक्ष्य रहेको समेत उनले बताए ।

टीममा रहेका केही युवा खेलाडीहरुलाई डेब्यूको अवसर हुने बताउँदै उनले भने‚ ‘युवा खेलाडीलाई डेब्यूको मौका हुन सक्छ । कमल, सुरज र आयुषले सिनियर टोलीमा डेब्यू गर्दै करिअर अर्को स्तरमा लैजानुपर्छ ।’ उनले अस्ट्रेलियाविरुद्ध डेब्यू गर्न पाउनु असामान्य भएको भन्दै यो परिस्थितिमा परीक्षण हुनु निकै महत्त्वपूर्ण भएको दाबी गरे । उनले एन्फाले दिएको जिम्मेवारी पुरा गरेको दाबीसमेत गरे । ‘मलाई चौथो स्थानमा रहने लक्ष्य दिइएको थियो, त्यसमा हामी सफल भएको छौं । तर शीर्ष चारमा पर्ने प्रयासलाई हामीले जारी राखेका छौं ।’

फिफा बरियतामा अस्ट्रेलिया ४१ नम्बरमा छ । छनोटमा अहिलेसम्मका ६ मध्ये सबै खेल जितेको अस्ट्रेलिया तालिकाको शीर्ष स्थानमा छ ।

नेपालकाे खेलमा परिबर्तन भएकाे छ अस्ट्रेलियाका प्रशिक्षक 

अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपालको खेलमा परिर्वतन भएको बताएका छन् । उनले नेपाल मेहनती टोली भएकाले आफ्नो खेलाडीबाट थप मेहनतको अपेक्षा गरेको बताए । ‘नेपाल एकदम मिहिनेती टोली हो, हामीले आफ्नो प्रदर्शनमा ध्यान दिनुपर्छ, म आफ्ना खेलाडीले नेपालविरुद्ध धेरै कुदेर मिहिनेत गरुन् ।’

अस्ट्रेलियासँग नेपालको ‘हेड टु हेड’

फिफा बरियतामा अस्ट्रेलिया ४१ नम्बरमा छ । छनोटमा अहिलेसम्मका ६ मध्ये सबै खेल जितेको अस्ट्रेलिया तालिकाको शीर्ष स्थानमा छ ।

नेपालका लागि अस्ट्रेलिया परिचित टोली होइन । नेपालले अस्ट्रेलियासँग यसअघि विश्वकप छनोटअन्तर्गतकै अवे खेलमा उसकै भूमिमा १० अक्टोबर २०१९ मा प्रतिष्पर्धा गरेको थियो । अस्ट्रेलियाको घरेलु मैदान क्यानबेरास्थित जीआईओ स्टेडियममा नेपालले ५-० को हार व्यहोरेको थियो । उक्त खेलमा अस्ट्रेलियाका जेमी म्याक्लारेनले ह्याट्रिक गरेका थिए । शुक्रबार नेपाल र अष्ट्रेलियाबीचको दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

प्रतिक्रिया

One thought on “अस्ट्रेलियालाई रोक्ने ठूलो चुनौती

  1. जसरी पनि रोक्न पर्छ, नेपाल र नेपालीको शिर उच्च राख्न पर्छ , नेपाल नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *