यसरी मनाए राजेश हमालले जन्मदिन (भिडिओसहित)
२०७८ जेठ २७ गते

काठमाडौं । हिजो महानायक राजेश हमालको जन्मदिन । यस वर्ष उनले विशेष रूपमा जन्मदिन मनाएका छन् । उनले धेरै वटा केक काटेर जन्मदिन मनाए । आफन्तसँग मात्रै नभएर उनले धरहरामा पुगेर समेत जन्मदिन मनाए । उनले करिब आधा दर्जन केक काटेका थिए ।
धरहरा पुगेका राजेशले त्यहाँका कामदारहरूप्रति सम्मान व्यक्त गर्दै त्यहाँ समेत जन्मदिनको केक काटे । बिसौँ तलामा उनले श्रीमती मधु भट्टराईको साथमा केक काटेका थिए । धरहरा निर्माण सम्पन्न नभएकाले लकडाउनको समयमा समेत काम निरन्तर चलिरहेको छ ।
यही कामको सम्मानार्थ उनी जन्मदिन मनाउन त्यहाँ पुगेका थिए । सुन्दर काठमाडौंको दृश्यावलोकन गर्दै उनी दङ्ग देखिन्थे ।
अनुहारमा मास्क र फेससिल्डसहित बिहानै मन्दिर दर्शन गरेपछि उनले केही स्थानमा राहतसमेत वितरण गरेका थिए ।
२०७८ जेठ २७ गते
प्रतिक्रिया
सम्बन्धित








