झिनो अकंले घट्यो नेप्से, १६ अर्बमाथिको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक १.८० अंकले घटेको छ ।

बिहीबार कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.०६ प्रतिशतले घटेर ५२७.८७ बिन्दुमा पुगेको छ । यस दिन सेन्सिटिभ परिसूचक २.५९ अकंले बढेर २९४४.८० बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये जीवन बीमा, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, होटेल्स तथा पर्यटन,अन्य र बैंकिङका सुचकहरु घटेका छन् भने विकास बैंक, म्युचुअल फण्ड, लघुवित्त, जलविद्युत्, व्यापार, इन्भेस्टमेन्ट वित्त समूहको परिसूचक बढेका छन् ।

यस दिन २ सय २० कम्पनीको ३ करोड ६ लाख ६ हजार ६ सय ४४ कित्ता सेयर खरिद बिक्री हुँदा १६ अर्ब १० करोड ४ लाख १२ हजार ४ सय ३६ रूपैयाँ बराबरको कारोबार भएको छ ।

पाँचथर कम्पनी लिमिटेड कम्पनी बजारमा सर्वाधिक कमाइ गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा शिब श्री हाइड्रोपावर कम्पनी रहेको छ ।

यी दुबै कम्पनीकाे सेयर मूल्य १०/१० प्रतिशतले बढेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *