प्रदेश सभालाई मैना चरीहरुको सभा बनायौँ : मुख्यमन्त्री गुरुङ

काठमाडौं । बिहीबार (आज) बसिरहेको प्रदेश सभा बैठकबाट विश्वासको मत लिने प्रस्ताव पेश गरेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभालाई ‘मैना चरी’हरुको सभा बनाएको बताएका छन् । विश्वासको मत लिनुभन्दा अगाडि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् । भने— ‘हामी अरुले जे भन्छन् त्यही भन्ने खालको सभा बनायौँ । स्वतन्त्र विचार र राजनीतिक सिद्धान्तअनुसार सभालाई चलाऔँ । हामीले मैना चरीहरुको सभा बनायौँ ।’

आफूले प्रदेश सभालाई सिर्जनशीलताको स्थल बनाउन खोजेको तर अन्य सांसदहरुले त्यसमा साथ नदिएको व्याख्या मुख्यमन्त्री गुरुङले गरे । ‘यो थलोलाई सिर्जनशीलताको थलो बनाऔँ । अरुले क भन्यो भने क नै भन्ने, ख भन्यो भने ख नै भन्ने प्रचलनबाट हुँदैन । स्वस्थ छलफल गरौँ न,’ मुख्यमन्त्री गुरुङले भनेका छन् ।

यसअघि प्रदेश सभामा परेको अविश्वासको प्रस्ताव छल्न केही घण्टाका लागि राजीनामा दिएका मुख्यमन्त्री गुरुङले संविधानतः विश्वासको मत लिने तरखर गरेका हुन् । तर, उनले विश्वासको मत लिने सम्भावना न्यून छ । प्रदेशमा २७ सांसद रहेको एमालेले अल्पमतमा छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतको लागि ३१ सांसदको साथ चाहिन्छ ।

यसअघि मुख्यमन्त्री गुरुङले विश्वासको मत माग्दै ‘राजनीतिमा द्वन्द्वमात्रै नभई मेलमिलाप पनि भएको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *