‘संविधानको धारा ७६ र १६८ सरकार बनाउनका लागि हो, संसद् विघटनका लागि होइन’

काठमाडौं । गण्डकी प्रदेश, माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले संघको सन्दर्भमा संविधानको धारा ७६ र प्रदेशको सन्दर्भमा संविधानको धारा १६८ सरकार गठनको लागि भएको बताएका छन् । ‘ती धाराहरु सरकार गठनको लागि हो । संसद् विघटनका लागि होइन । माननीय मुख्यमन्त्रीज्यू पृथ्वीसुब्बा गुरुङले पनि सभा विघटन गर्नुहुन्न भन्न सकिन्न । म स्मरण गराउन चाहन्छु । त्यसो नगरौँ,’ नेता चुमानले भनेका छन् ।

मुख्यमन्त्री गुरुङले बिहीबार (आज)को बैठकमार्फत विश्वासको मत लिने प्रस्ताव गरेका छन् । यद्यपि विश्वासको मत लिने सम्भावना न्यून न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *