पियारीको प्रश्न– आफैंले काम बिगार्ने अनि यहाँ रोइकराइ गर्ने ?

काठमाडौं । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशकी संसदीय दलकी नेता पियारी थापाले सदनमा रोइकराइ नगर्न सत्तापक्षलाई आग्रह गरेकी छन् । बिहीबार बसिरहेको प्रदेश सभा बैठकमा भाग लिँदै नेतृ थापाले भनिन्— ‘आफैं काम बिगार्ने अनि यहाँ आएर रोकइकराइ गर्ने ?’ ३ वर्ष सरकारमा बस्दा सिन्को नभाँचेको नेतृ थापाले बताइन्, भनिन्— ‘सरकारमा हुँदा केही नगर्ने अनि यहाँ आएर रोइकराइ गर्नुको कुनै औचित्य छैन । यो बन्द गर्नुस् ।’

मुख्यमन्त्री गुरुङले बिहीबारको प्रदेश सभा बैठकबाट विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *