विश्वासको मत माग्दै मुख्यमन्त्री गुरुङले भने– द्वन्द्वमात्रै होइन, राजनीतिमा मेलमिलाप पनि हुन्छ
२०७८ जेठ २७ गते

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत मागेका छन् । बिहीबार (आज) बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री गुरुङले आफूलाई विश्वासको मत दिएमा प्रदेशलाई एकताबद्ध बनाएर अघि बढ्ने भन्दै विश्वासको मत दिन आग्रह गरे ।
मत माग्दै मुख्यमन्त्री गुरुङले भने— ‘हालसम्म प्रदेशले प्राप्त गरेको उपलब्धी सुरक्षित गर्दै समृद्ध प्रदेशको महान अभियानका लागि मलाई विश्वासको मत दिनुस्, म सबैलाई एकताबद्ध बनाउँछु । राजनीतिमा द्वन्द्वको विषय मात्र नभई मेलमिलाप र एताको विषय पनि हुन्छ ।’
योसँगै मुख्यमन्त्री गुरुङले आफूले विश्वासको मत नपाए संविधानअनुसार अघि बढ्ने बताए ।
२०७८ जेठ २७ गते
प्रतिक्रिया
सम्बन्धित








