मनोज अभिनीत ‘रे’ ट्रेलर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता मनोज बाजपेयी हालै रिलिज भएको वेब सिरिज ‘द फेमिली म्यान २’ को कारण चर्चामा छन् । बाजपेयीको यस वेब सिरिजमा रहेको अभिनयलाई फ्यानहरूले मन पराएका छन् । मनोज अब अर्को वेब शृङ्खलामा देखा पर्दैछन् । उनको आगामी वेब सिरिज ‘रे’ को ट्रेलर सार्वजनिक भएको छ ।

यस ट्रेलरलाई समेत दर्शकले मन पराएका छन् । मनोजका अलावा सिरिजमा गजराज राव, केके मेनन, श्वेता बसुप्रसादलगायत कलाकारहरूको समेत अभिनय रहेको छ । यस सिरिजका निर्देशक श्रीजित मुखर्जी, वासन बाला, अभिषेक चौबे रहेका छन् ।

मनोजले सोसल मिडियामा ‘रे’ को पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘तयारी जारी छ । रे २५ जूनमा  नेटफ्लिक्समा प्रीमियर हुनेछ ।’ यस वेब सिरिजमा सत्यजित रेका चार कथाहरू देखाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *