महालक्ष्मी लाइफले बीमाशुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट दिने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमाशुल्क भक्तानीको बिलम्व शुल्कमा छुट दिने भएको छ ।

कम्पनीले विश्वव्यापी रूपमा फैलिरहेको कोभिड-१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरूमा जारी निषेधाज्ञाको कारण बीमितहरुले बीमाशुल्क किस्ता समयमा तिर्न नसकेका जनाउदै छुट दिने भएको कम्पनीले जनाएको छ ।

जेठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था गरिएको जनाएको छ ।

२०७८ असार मसान्त भित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई बीमालेख व्यतित अविधको अधारमा बिलम्व शुल्क ५० प्रतिशत देखि १०० प्रतिशत सम्म छुट, तीन महिनासम्म बीमालेख व्यतित भएको हकमा शत प्रतिशत बिलम्ब शुल्क छुट र यस्तै ३ देखि ६ महिनासम्मको हकमा ७५ प्रतिशत र ६ महिनाभन्दा माथिको हकमा ५० प्रतिशत छुट पाउने जनाएको छ ।

बीमितले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुननसकेको कारण तिर्न असमर्थ हुँदै आइरहेका थिए ।

असार मसान्तभित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई बिलम्बशुल्कमा छुट प्रदान गर्ने  जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *