डेढ वर्षपछि आउनेछ ‘द फेमिली म्यान ३’

एजेन्सी । अभिनेता मनोज बाजपेयी र सामन्था अक्किनेनी स्टारर वेब सिरिज ‘द फेमिली म्यान २’ केही दिन अगाडि रिलिज भएको छ । जसलाई प्रशंसकहरूको राम्रो प्रतिक्रिया मिलेको छ । अब फ्यानहरू यस शृङ्खलाको तेस्रो सिजनको लागि पर्खिरहेका छन् ।

‘फेमिली म्यान २’ को अन्तिम दृश्यमा प्रशंसकहरूलाई एक सङ्केत पनि दिइएको छ कि यस शृङ्खलाको तेस्रो सिजन पनि आउने छ । त्यस्तै मनोज बाजपेयीले पनि भर्खरै एक अन्तर्वार्तामा केही समयमा अर्को सिरिज आउनेछ भनेका छन् ।

तेस्रो सिजनको बारेमा कुरा गर्दै मनोजले भने, ‘जब कोरोनापछि देश सामान्य अवस्थामा आउँछ तब हामी यसमा काम गर्न थाल्ने छौ । मलाई आशा छ अमेजनले यो कामलाई अगाडी बढाउने छन् । जब निर्माताहरू अमेजन तर्फ निर्माणको सङ्केत गर्ने छन् तब हामी कथालाई स्क्रिन प्लेमा रूपान्तरण गर्न सुरु गर्नेछौ । यसको कथा तयार छ । यदि सबै ठिक भयो भने तेस्रो सिजन करिब डेढ वर्षमा तयार हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *