अभिनेता दिलीप कुमार डिस्चार्ज हुँदै

एजेन्सी । भारतीय अभिनेता दिलीप कुमारलाई मुम्बईको पीडी हिन्दुजा अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । केही दिनअघि उनलाई सास फेर्न समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो । हालै, दिलीप कुमारका परिवार निकट फैजल फारुकीले उनको स्वास्थ्यको बारेमा जानकारी दिएका छन् ।

दिलीप कुमारको ट्विटर ह्यान्डलमार्फत पोस्ट सार्वजनिक गर्दै लेखिएकाे छ, ‘तपाईको प्रार्थनाका लागि धन्यवाद । दिलीप साहबमा सफल प्ल्यूरल एस्पिरेशन प्रक्रिया गरिएको थियो । मैले डाक्टर जलील पारकर र डाक्टर नितिन गोखलेसँग कुरा गरेको छु । उनलाई बिहीबार अस्पतालबाट डिस्चार्ज गर्ने तयारी छ । ९८ वर्षीय दिलीप कुमारको बाइलेटरल प्ल्यूरल इफ्यूजन भएको थियो । यस रोगमा, छाती भित्र फोक्सोको वरिपरि पानी जम्मा हुन्छ । छातीमा बारम्बार पानी जम्मा हुँदा, फोक्सोमा दबाबको बढेको कारण सास फुल्न थाल्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *