क्यानको आर्थिक कार्यविधि परिमार्जन: खेलाडीको भत्ता बढ्यो

काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान)ले आर्थिक कार्यविधि परिमार्जन गरेको छ । क्यान कार्यसमितिको बैठकले दुई दशकपछि पुरानो कार्यविधि परिमार्जन गर्दै नयाँ बनाएको हो ।

कार्यविधिअनुसार खेलाडीको खेल भत्ता बढेको छ । अब हरेक पुरुष खेलाडीले एक दिवसीय अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा १० हजार भत्ता पाउनेछन् । यसअघि टी-२० अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा पाँच हजार भत्ता दिइन्थ्यो । महिला खेलाडीले भने एकदिवसीयको ५ हजार र टी-२० को ३ हजार पाउनेछन् । बन्द प्रशिक्षणमा परेका खेलाडीका लागि पनि उक्त अवधिभरका लागि प्रति दिन पाँच सयको दरले भत्ता पाउनेछन् ।

संसोधन गरिएको कार्यविधिमा घरेलु प्रतियोगिता हुँदा खेलाडीले पाँच सय भत्ता पाउनेछन् । क्यानले कोषाध्यक्ष रोशन सिंहका संयोजकत्वमा तीन सदस्यीय आर्थिक कार्यविधि तयार समिति गठन गरेको थियो । समितिका सदस्यमा दुर्गाराज पाठक र माधव कर्माचार्य थिए । कार्यविधिले प्रदेश र जिल्ला संघलाई पनि प्रशासनिक खर्च बापत ३ लाख र एक लाख दिने छ ।

संयोजक सिंहले विभिन्न शीर्षकमा खेलाडीका लागि छुट्टाएको भत्ता सुरुवात मात्र भएकाले समय अनुकुल रुपमा परिमार्जन गर्दै लगिने र रकम विस्तारै बढ्दै जाने बताए। उनले आर्थिक पारदर्शिताका लागि पनि कार्यविधि प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *