फाइनल प्रवेशका लागि नाडाल र जोकोभिच भिड्ने

काठमाडाैँ । फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा राफेल नाडाल र नोभाक जोकोभिचले आ-आफ्नो खेलमा जित निकलेपछि सेमिफाइनलमा यि दुईबिच भिडन्त हुने पक्का भएको  छ । १३ पटक फ्रेन्च ओपन जितेका ३५ वर्षिय नाडालले अर्जेन्टिनी खेलाडी डिएगो श्वार्टज्म्यानलाई पराजित गरेका हुन् ।

१० औँ बरियताका श्वार्टज्म्यानलाई नाडालले ६-३, ४-६, ६-४ र ६-० को सेटमा पराजित गरेका हुन् । ५ हजार दर्शकमाझ नाडालले फ्रेन्च् ओपनमा १०५ औ जित निकाले । उनले १०७ खेल खेल्दा केवल २ खेलमा मात्र पराजित भएका छन्। यो पटकपनि उनी अब उपाधि भन्दा केवल दुई खेल टाढा छन् ।

त्यस्तै विश्व नम्बर एक ३४ वर्षिय जोकोभिचले इटालियन खेलाडी मातेओ बेरित्तिनीलाई ६-३, ६-२, ६-७ (५-७) र ७-५ को सेटमा परातिज गर्दै नाडाल सँगको भेट पक्का गरे । जितसँगै चिरप्रतिद्धन्दि नाडालसँगको प्रतिस्पर्धा हुने तय भएको हो ।

सबिर्यन जोकोविच र स्पेनिस नाडालबिच शुक्रबार हुने सेमिफाइनल गएको वर्षको फाइनलको पुनरावृत्ति हुने छ । फ्रेन्च ओपनका सर्वाधिक सफल नाडाललाई यो वर्ष पनि उपाधिको प्रमुख दाबेदार मानिएको छ  । उनी २१ औँ ग्राण्डसलाम उपाधिको होडमा छ न्।

जोकोभिचले गएको फेब्रुअरीका अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेसँगै १८ औँ ग्राण्डसलाम उपाधिमा कब्जा जमाइसकेका छ । उनी पनि नाडाल र रोजर फेडेरर भन्दा दुई ग्रान्डस्लाम मात्र टाढा भएकाले सोहि लक्ष्यमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *