क्याट्रिना र विक्की प्रेममा छन् : हर्षवर्धन

एजेन्सी । विक्की कौशल र क्याट्रिना कैफको सम्बन्धलाई लिएर लामो समयदेखि चर्चा चलिरहेको छ। यद्यपि दुवैले आफ्नो सम्बन्धको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेका छैनन् । तर, अब अनिल कपूरका छोरा तथा अभिनेता हर्षवर्धनले विक्की र क्याट्रिनाबीच सम्बन्ध रहेको बताएका छन् ।

विक्की र क्याट्रिना सँगै छन् : हर्षवर्धन
एक अन्तर्वार्ताको क्रममा जब हर्षवर्धनलाई उद्योगमा कसको सम्बन्धको खबर साँचो हो वा चर्चाको लागि सम्बन्धको नाम दिइँदै छ भनी सोधिएको प्रश्नको जवाफमा हर्षवर्धनले भनेका छन्, ‘विक्की र क्याट्रिना सँगै छन् र यो सत्य हो ।’ यति भने हर्षवर्धनले थपे, ‘के म यो बताएर समस्यामा फस्ने वाला छु ?’

क्याट्रिनाको घरमा विक्कीको कार
विक्की र क्याट्रिनाको प्रेम सम्बन्धको चर्चा चल्न थालेको लामै समय भयो । यसै हप्ता विक्की क्याट्रिनाको घरको बाहिर भेटिए । विक्कीको कार क्याट्रिनाको घर बाहिर घन्टौँ पार्क गरिएको थियो । यसले विक्की र क्याट्रिना एक अर्कालाई डेट गर्दैछन् र सम्बन्धमा छन् भन्ने चर्चालाई अझ बल मिलेको छ । विगतमा समेत यी दुई धेरै पटक एक साथ भेटिएका थिए । दर्शक चाहन्छन्, यी दुईले आफ्नो सम्बन्ध छिटै स्वीकारुन् ।

विक्की र क्याट्रिनाका आगामी प्रोजेक्ट
क्याट्रिना अक्षय कुमारसँग ‘सूर्यवंशी’ मा देखिँदैछिन्। यसबाहेक उनी सिद्धान्त चतुर्वेदी र ईशान खट्टरको साथ ‘फोन भूत’ मा देखिन्छिन् । यस बाहेक उनी सलमान खानसँगै टाइगर ३ मा पनि देखा पर्नेछिन् । विक्कीको बारेमा कुरा गर्दा उनी चाँडै द इमोर्टल अश्वत्थामा, सरदार उधम सिंह, र तख्तमा देखा पर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *