चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन स्वास्थ्यमन्त्री सकारात्मक

काठमाडौं । केही समयअघि चलचित्र विकास बोर्डले नेपाल सरकारसँग ३ हजार चलचित्रकर्मीलाई खोप लगाउनका लागि माग गरेको थियो । यहीबिच बुधबार बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङसँग पुनः भेट गर्दै बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य राज कटुवालले चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन आग्रह गरेका छन् ।

जवाफ मन्त्री तामाङले चीनबाट आएको खोप ६० वर्षदेखि ६५ वर्ष उमेरका मानिसहरूलाई लगाउने निर्णय भएकाले एक साताभित्र नयाँ खोप आउने र त्यो खोप चलचित्रकर्मीका लागि उपलब्ध गराउने बताएका थिए । भेटमा मन्त्री सकारात्मक भएको राजले बताएका छन् ।

नेपाली चलचित्र क्षेत्रमा काम गर्ने चलचित्रकर्मीहरूले खोप नलगाएसम्म उनीहरू सुरक्षित रूपमा काम गर्ने वातावरण बन्न सक्ने अवस्था छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *