सांसद पुनःबहाली गर्ने आदेशविरुद्ध विपक्षीकाे ‘भ्याकेट’

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य कृष्ण थापालाई पुनःबहाली गर्नु भनि सर्वोच्चले दिएको आदेशविरद्ध थापाकाे दल राष्ट्रिय जनमोर्चासहितले सर्बाेच्च अदालतमा पुनरावलोकन निवेदन (भ्याकेट) दिएका छन् । राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश सभा संसदीय दलले सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकन निवेदन दिएको संसदीय दलकी नेता पियारी थापाले बताइन् ।

उक्त पुनरावलोकन निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको उनले बताइन् । पार्टीको निर्णय र ह्वीप नमानेको भन्दै जनमोर्चाले सांसद थापालाई दलबाट निष्कासन गरी प्रदेश सभा सचिवालयमा जानकारी गराएको थियो । त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठकमा थापालाई दलले कारबाही गरेको जानकारी आएको सूचना पढेपछि थापा सांसद पदबाट पदमुक्त भएका थिए ।

त्यसविरुद्ध थापाले दिएको रिटमा सर्वोच्चले उनीमाथि गरेको कारबाहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । रिटमा थापाले विपक्षी बनाएका राष्ट्रिय जनमोर्चा, जनमोर्चाको गण्डकी प्रदेशसभा संसदीय दल, गण्डकी प्रदेश सभा सचिवालय र सभामुख नेत्रनाथ अधिकारीलगायतले पुनरावलोकन निवेदन दिएका  हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *