‘बेल बटम’ टिमसँग अक्षयको पुनः सहकार्य

एजेन्सी । ‘बेल बटम’पछि अक्षय कुमार यही चलचित्रको टिमसँग पुनः काम गर्ने भएका छन् । शीर्षक फाइनल नगरिएको यस चलचित्रका लागि अक्षय हुने पक्का भएको हो ।

‘बेल बटम’मा झैँ वासु भगनानी, ज्याकी भगनानी र दीपशिखा देशमुखको कम्पनी पूजा इन्टरटेनमेन्टले यस चलचित्र निर्माण गर्ने छ । खबर अनुसार निर्माताले अक्षयलाई कथा सुनाउने बित्तिकै उनले तुरुन्त आफ्नो सहमति दिएका थिए ।

यो ठूलो बजेटको एक्सन चलचित्र हुनेछ। ‘रक्षाबंधन’ र ‘राम सेतु’पछि अक्षय यस वर्षको अन्त्यसम्म यस चलचित्रको छायांकन सुरु गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *