पोल्यान्डको बराबरी

काठमाडाैँ । युरो कपका तयारीमा रहेको अर्को क्लब पोल्यान्ड दुइ खेलमा बराबरीमा रोकिएको छ । आइसल्यान्ड विरुद्ध मंगलबार भएको खेलमा पोल्यान्ड बराबरीमा रोकिन पुग्यो ।

अलबर्ट गुडमुन्डसनले ब्याकहिल मार्फत २४औँ मिनेटमा गोल गरेका थिए । तर जिलिंक्सीले ३४औँ मिनेटमा बराबरी गोल फर्काए । आइसल्यान्डलाई बजरसनले ४७ औ मिनेटमा पुन अग्रता दिलाए । २-१ ले पछि रहेको पोल्यान्ड अन्तिम समयमा बराबरी गोल फर्काउन सफल रह्यो ।

उसका लागि ८८औँ मिनेटमा स्विडेर्सकीले बराबरी गोल गरे । युरोकपमा पोल्यान्डले स्लोभाकिया विरुद्ध सोमबार आफ्नो पहिलो खेल खेल्ने छ ।

स्पेनिस युवा टीमको प्रभावशाली जित
युरो कपको तयारीमा रहेको स्पेन कप्तान सर्जिओ बुस्क्वेट्सलाई कोरोना पोजेटीभ देखिएपछि अन्तिम मैत्रिपुर्ण खेलमा उपस्थित भएन् ।

यद्धपि सिनियर टिम युरोकप फुटबलअघिको अन्तिम मैत्रीपूर्ण खेलमा सहभागी नभएपिन २१ वर्षमुनिको स्पेनिस युवा टिमले लिथुवानियासँग मैत्रीपूर्ण खेलमा शानदार जित दर्ता गर्न सफल भयो ।

मंगलबार राति भएको खेलमा लिथुवानियालाई ४-० ले पराजित गर्दै स्पेनिस युवा टीमले अन्तिम मैत्रिपुर्ण खेल सम्झनलायक बनाए । स्पेनका लागि गुइलामोनले, डियाजले, मिरान्डाले र पुएडोले गोल गरे।  युरोकपको समूह इ मा रहेको स्पेनले १४ जुनमा स्वीडेनसँग प्रतिस्पर्धा गर्ने छ ।

मंगलबारनै भएका अन्य खेलमा चेक गणतन्त्रले अल्बानियालाई ३-१, गुएनाले कोसोभोलाई २-१, मोरक्कोले घानाले १-० तथा सेनेगलले केप भेर्डीलाई २-० ले पराजित गरे ।

यस्तै बेनिन र जाम्बिया तथा पोल्याण्ड र आइसल्याण्डले समान २–२ र हंगेरी र रिपब्लिकन अफ आयरल्याण्ड तथा क्यामरुन र नाइजेरियाले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *