तापशी स्टारर ‘हसीन दिलरुबा’ टिजर सार्वजनिक

एजेन्सी । तापसी पन्नू अभिनित आगामी चलचित्र ‘हसीन दिलरुबा’ को टिजर सार्वजनिक भएको छ।

भिडिओमा तापसी अहिलेसम्म नदेखिएको अवतारमा देखिएकी छन् । भिडिओमा उनका सह-अभिनेता विक्रान्त म्यासे र हर्षवर्धन राणेको केही खलक समेत देख्न सकिन्छ । चलचित्रको कहानी हत्याको रहस्य वरिपरि घुमेको छ । विनिल मैथ्यूद्वारा निर्देशित चलचित्र हिमांशु शर्माको सहयोगमा आनन्द एल रायले निर्माण गरेका हुन् ।

तापशीले समेत सामाजिक सञ्जालमा चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरेकी छन् । यसका साथ उनले लेखेकी छन्, ‘एक शमा, दुई परवाने । क्या जल मिट्टेङ्गे ए दिवाने।’ चलचित्र २ जुलाईमा नेटफ्लिक्समा रिलिज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *